स्मार्टफोन टिकाउपनको नयाँ परिभाषा : रेड्मी नोट १४प्रो+५जी

काठमाडौं । टिकाउपन भन्नासाथ धेरैले सोच्ने गर्छन धेरै वर्ष चल्ने फोन तर आजको डिजिटल युगमा टिकाउपनको परिभाषा केवल लामो समयसम्म चल्ने क्षमता मात्र होइन भन्ने बुझ्नु जरुरी छ।
यो अब भौतिक प्रतिरोधदेखि लिएर द्रुत प्रदर्शन, कार्यकुशलता, र प्रयोगकर्ताको अनुभवसम्मको समग्र संयोजन पनि हो । यिनै पक्षलाई विचार गर्दा रेड्मी नोट १४प्रो+ ५जी एक सशक्त प्रतिस्पर्धीको रूपमा उदाएको देखिन्छ भन्दा फरक पर्दैन ।
आजको दिनमा स्मार्टफोनका प्रयोगकर्ताहरू “सस्तोमा राम्रो” भन्दा बरु “पैसा लागोस् तर टिकाउ होस” भन्ने चाहन्छन् । अहिले बजारमा कैयौं ब्रान्डका सयौँ स्मार्टफोनहरू छन्, तर जब कुरा फोन खसेको अवस्थामा नटुट्ने-नफुट्ने र पानीमा खस्दा नबिग्रिने, वा महिनौंको प्रयोगपछि पनि सुस्त नहुने मोबाइलको खोजी हुन्छ, त्यहाँ रेड्मी नोट १४ प्रो+ ५जी जस्तै विकल्प एकदमै सान्दर्भिक देखिन्छ ।
रेड्मीले प्रस्तुत गरेको “अल स्टार ड्युरेविलिटी“ भनिएको विशेषता केवल मार्केटिङ स्लोगन होइन । १.५के रिजोल्युसन सहितको एमोलेड डिस्प्ले र गोरिल्ला ग्लास भिक्टस २ प्रयोग गरी बनाइएको यो फोन साँच्चिकै कठोर अवस्था सहन सक्ने बनाइएको छ । यसको आइपी ६८ डस्ट र वाटर रेजिस्टेन्सले देखाउँछ कि यो धुलो र पानी दुवैप्रति प्रतिरोधी छ, जुन हाम्रा दैनिक जीवनका साधारण दुर्घटनाहरूमा काम लाग्ने एकदमै उपयोगी पक्ष हो ।
स्मार्टफोनको कुरा गर्दा केवल बलियो संरचना भएर मात्रै पुग्दैन प्रदर्शन पनि उत्तिकै महत्वपूर्ण हुन्छ । यसमा रहेको स्न्यापड्रागन ७ एस जेन ३ चिपसेटले यसलाई ‘फास्ट एण्ड स्मूद’ बनाउँछ । चाहे गेमिङ होस् वा मल्टिटास्किङ, फोनले नथाक्ने झल्को दिन्छ । ८ जीबी + २५६ जीबी र १२ जीबी + ५१२ जीबीका भेरिएन्टले प्रयोगकर्तालाई भण्डारणको झन्झटबाट टाढा राख्छन् ।
क्यामराको कुरा गर्दा पनि रेड्मीले सस्तो फोनमा राम्रो क्यामरा मात्र होइन, अब उन्नत फिचरहरू समेत दिन थालेको देखिन्छ । २०० मेगापिक्सेलको मुख्य क्यामरा र १६–इन–१ पिक्सेल बिनिङसँगै ८ एमपी अल्ट्रा–वाइड, २ एमपी म्याक्रो, र २० एमपी सेल्फी क्यामराको संयोजनले यसलाई “फोटोग्राफी क्रिएटिभ” हरूका लागि उपयुक्त बनाउँछ । डायनामिक शट्स, मोशन ट्र्याकिङ, र डुअल भिडियो मोड जस्ता फिचरले प्रयोगकर्तालाई सोचेजस्तो दृश्य कैद गर्न स्वतन्त्रता दिन्छ ।
५११० एमएएच ब्याट्री र १२० वाटको हाइपरचार्ज टेक्नोलोजी भनेको “चिन्ता नगर, चार्ज फटाफट“ भन्ने सन्देश हो । आजको द्रुत जीवनशैलीमा यो प्रकारको फिचर अब विलासिता होइन, आवश्यकता बन्दै गइरहेको छ ।
रंगको विविधता ल्याभेन्डर पर्पल, फ्रस्ट ब्लु, र मिडनाइट ब्ल्याकले स्मार्टफोनलाई केवल उपकरण होइन, व्यक्तित्वको अभिव्यक्ति बनाएको छ । मूल्यतर्फ हेर्दा, ४९ हजार ९९९ र ५४ हजार ९९९ को बीचमा आउने यी फोनहरू बजेट अनुसारको विकल्प दिन्छन् । अझ ईएमआई विकल्पले त बजेट–चिन्तालाई नै हटाइदिन्छ ।
निष्कर्षतः यसो भन्न सकिन्छ कि, रेड्मी नोट १४ प्रो+ ५जी केवल एक स्मार्टफोन मात्रै होइन, यो ती प्रयोगकर्ताहरूका लागि उत्तर हो, जसले टिकाउपन, सौन्दर्य, र कार्यक्षमताको सन्तुलन खोजिरहेका छन् ।