थप महँगियो सुनचाँदीको भाउ, प्रतितोला कतिमा हुँदैछ कारोबार ? « Arthapath.com
२२ जेष्ठ २०८२, बिहीबार

थप महँगियो सुनचाँदीको भाउ, प्रतितोला कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । सुनको भाउ वृद्धि भएको छ । बुधवार नेपाली बजारमा छापवाला सुनको भाउ तोलामा ५०० रुपैयाँ वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ तोला १ लाख ९३ हजार २०० रुपैयाँ तोकेको छ । जबकि, मंगलबार भने १ लाख ९२ हजार ७०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

साताको चौंथो कारोबार दिन चाँदीको भाउ भने ३० रुपैयाँ वृद्धि भएको छ । मंगलबार २ हजार ४५ रुपैयाँमा खरिदबिक्री भएको चाँदी आज भने बढेर प्रतितोला २ हजार ७५ रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्