आज कति छ सुनचाँदीको भाउ ?

काठमाडौं । सुनको भाउ स्थिर छ । सोमबार छापावाला सुनको भाउ १ लाख ९५ हजार २०० रुपैयाँ कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । चाँदी तोलामा १० रुपैयाँ बढेर २ हजार २७० रुपैयाँ कायम भएको छ ।