बढ्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँले बढ्दा मट्टितेल र डिजेलमा कति ? « Arthapath.com
१६ असार २०८२, सोमबार

बढ्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँले बढ्दा मट्टितेल र डिजेलमा कति ?



काठमाडाैं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मुल्य बढाएको छ ।

निगमले मंगलबार बिहान १ बजेपछि लागु हुनेगरी पेट्रोलमा प्रतिलिटर ५ रूपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ४ रूपैयाँले बढाएको जनाएको छ ।

नयाँ मूल्य अनुसार काठमाडौं, पोखरा र दिपायलमा पेट्रोल प्रतिलिटर १६५ रुपैयाँ र डिजेल प्रतिलिटर १४९ रुपैयाँ कायम भएको छ। यस्तै दाेस्राे वर्ग सुर्खेत र दाङमा पेट्रोल प्रतिलिटर १६४ रुपैयाँ र डिजेल प्रतिलिटर १४८ रुपैयाँ कायम भएकाे छ ।

पहिलो वर्ग चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र विरगञ्जमा पेट्रोल प्रतिलिटर १६२ रुपैयाँ र डिजेल प्रतिलिटर १४६ रुपैयाँ कायम भएकाे छ ।

निगमले आन्तरीक तर्फ हवाई इन्धनको मूल्य पनि बढाएको छ । वायुसेवा कम्पनीहरुलाई बेच्ने हवाई इन्धनको भाउ प्रतिलिटर ७ रूपैयाँले बढको छ । अन्तराष्ट्रियतर्फ प्रतिकिलाे लिटर ५१ अमेरिकी डलरले बढेकाे छ ।


प्रतिक्रिया दिनुहोस्