इन्फिनिटी लघुवित्तले २९.१६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित « Arthapath.com
३० पुष २०७८, शुक्रबार

इन्फिनिटी लघुवित्तले २९.१६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित



काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लि.को पाँचौ वार्षिक साधारण सभा संस्थाको अध्यक्ष खेमराज नेपालको अध्यक्षतामा केन्द्रीय कार्यालय गैंडाकोट, नवलपरासी (ब.सु.पु) मा २०७८ पौष २७ गते सम्पन्न भयो ।

उक्त साधारण सभामा कम्पनी सचिव तथा प्रमुख कार्यकारी अधिकृत प्रवीण कुमार लामाले भौतिक र भर्चुअल माध्यमद्धारा उपस्थित सञ्चालक, अतिथि र सम्पूर्ण शेयरधनी महानुभावहरुलाई स्वागत गरेका थिए ।

साधारण सभाले मुख्यतया आ.व. २०७७÷७८ सम्मको मुनाफाबाट चुक्ता पुँजी रु. ३२,४६,०३,४७२ को २७.७0 प्रतिशत बोनश शेयर, १.४६ प्रतिशतले नगद लाभांश (बोनश शेयर लाभांशमा लाग्ने कर प्रयोजनको लागि) पारित गरेको थियो ।

साधारण सभामा संस्थापक शेयरधनीहरुको तर्फवाट विष्णु कुमार घिमीरे, रमेश कुमार कर्माचार्य, रामकृष्ण डंगोल र धरा नेपाल जोशी निर्विरोध निर्वाचित भएका थिए । साधारण सभा पश्चात २०७८ पौष २७ गते बसेको ७७ औं बैठकबाट अध्यक्ष पदमा सञ्चालक बलराम विष्ट चयन भएको छ । विष्टले पौष २८ गतेनै नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देव कुमार ढकाल समक्ष पद तथा गोपनियताको शपथ लिएका छन् ।


प्रतिक्रिया दिनुहोस्