किन स्थगन भयो सानिमा लार्ज फन्डको लाभांश ?
काठमाडौं । सानिमा लार्ज फन्डको लाभांश स्थगन भएको छ । फन्डले घोषणा गरेको १० प्रतिशत नगद लाभांश हाललाई स्थगन गरिएको हो ।
नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार हाललाई उक्त लाभांश वितरण स्थगन गरिएको क्यापिटलले जनाएको छ । यद्यपि, विस्तृत कारण भने खुलाइएको छैन ।