ग्लोबल आइएमई क्यापिटलको ‘ग्लोबल आइएमई समुन्नत योजना–२’ असार २२ गतेदेखि निष्कासन हुने « Arthapath.com
१ असार २०८२, आईतबार

ग्लोबल आइएमई क्यापिटलको ‘ग्लोबल आइएमई समुन्नत योजना–२’ असार २२ गतेदेखि निष्कासन हुने



काठमाडौं । ग्लोबल आइएमई क्यापिटल क्यापिटल लिमिटेडले सामूहिक लगानी कोष ‘ग्लोबल आइएमई समुन्नत योजना–२ ’ को इकाई सार्वजनिक निष्कासनमा ल्याउने भएको छ ।

क्यापिटलले असार २२ गतेदेखि प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई निष्सकासन गर्ने भएको हो ।

निष्काशन गरिने कुल १२ करोड इकाईको १५ प्रतिशत इकाईमध्ये १.५ प्रतिशत अर्थात १८ लाख इकाई योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटललाई छुट्याएको छ । यस्तै, १३.५० प्रतिशत अर्थात १ करोड ६२ लाख इकाई बीज पूँजीको रुपमा राखी बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको हो ।

यसमा न्यूनतम १०० देखि १ करोड २० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ । आवेदन छिटोमा असार २५ गतेसम्म दिन सकिने छ । तर, तोकिएको उक्त समयमा पूर्ण इकाई बिक्री नभएको खण्डमा साउन ४ गतेसम्म आवेदन खुला रहने छ ।

यस योजना १० वर्षे बन्दमुखी प्रकृतिको हो । योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्