धितोपत्र बोर्डबाट दुई म्युचुअल फन्डले पाए डेढ अर्बको इकाई बिक्री अनुमति « Arthapath.com
४ असार २०८२, बुधबार

धितोपत्र बोर्डबाट दुई म्युचुअल फन्डले पाए डेढ अर्बको इकाई बिक्री अनुमति



काठमाडौं । दुई वटा क्यापिटलले म्युचुअल फन्ड बिक्रीका लागि अनुमति पाएका छन् ।

नेपाल धितोपत्र बोर्डले एनआइसी एशिया क्यापिटल र सिटिजन्स क्यापिटललाई खुलामुखी म्युचुअल फन्ड योजना बिक्री गर्न अनुमति दिएको हो ।

बोर्डका अनुसार एनआइसी एसिया क्यापिटलले १ अर्ब रुपैयाँ र सिटिजन्स क्यापिटलले ५० करोड रुपैयाँ बराबरको म्युचुअल फन्ड बिक्री गर्न अनुमति हुन् ।

एनआइसी एसिया क्यापिटललाई ‘एनआइसी एसिया इक्विटी लिंक्ड इन्भेष्टमेन्ट स्कीम’ को १० करोड इकाई बिक्री गर्न अनुमति पाएको छ । यस्तै, सिटिजन्स क्यापिटललाई ‘सिटिजन्स सदाबाहार योजना’को ५ करोड इकाई बिक्री गर्न अनुमति पाएको छ ।


प्रतिक्रिया दिनुहोस्