रसुवा नुवाकोट पर्यटन समाजमा पुन ः न्यौपाने « Arthapath.com
११ भाद्र २०७६, बुधबार

रसुवा नुवाकोट पर्यटन समाजमा पुन ः न्यौपाने



काठमाडौं । रसुवा नुवाकोट पर्यटन समाजको अध्यक्षमा पुनः दुर्गानाथ न्यौपाने (वलराम) सर्वसम्मत चयन भएका छन । रसुवामा जन्मेर राजधानीमा पर्यटन व्यावसाय गर्दै आएका न्यौपाने संस्थापक अध्यक्षसमेत हुन ।
बुधबार राजधनीमा भएको कार्यक्रममा न्यौपानेको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन गरेको हो । भेलाले वरिष्ठ उपाध्यक्षमा शिवप्रसाद लामिछाने, त्यसैगरी अर्का उपाध्यक्षमा कृष्णप्रसाद पाण्डे, दितिय उपाध्यक्षमा दिनेशमान लामा, तृतिय उपाध्यक्षमा केदार तामाङ, र उपाध्यक्ष गोविन्दराज पन्त, उपाध्यक्ष कुलप्रसाद न्यौपाने (सन्तोष)लाई चयन गरेको हो ।
भेलाले महासचिवमा शिव अधिकारी (अविरल), उप–महासचिवमा भुवनराज आचार्य, सचिवमा दिनेश तामाङ तथा सह–सचिवमा रितु ग्यामम्दानलाई चयन गरेको हो । त्यसैगरी कोषाध्यक्षमा तेम्बा लामा र कार्यसमिति सदस्यहरुमा
इश्वर गुरुङ, कृष्ण अधिकारी, उर्जा तामाङ, शशि लामिछाने, प्रेमराज तिम्सिना, गगनराज न्यौपाने, युवराज पण्डित, केदार गजुरेल र विपिन लामा रहेका छन ।
त्यसैगरी भेलाले परिष्ठ पर्यटन व्यावसायी शुमन पाण्डे, विक्रम पाण्डे, दिपक महत, अम्बिर गुरुङ तथा डा. चेतनाथ अधिकारीलाई चयन गरेको अध्यक्ष बलराम न्यौपानेले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्