बिरामी फर्काउने निजी अस्पतालको इजाजत रद्द गर्न निर्देशन « Arthapath.com
१९ चैत्र २०७६, बुधबार

बिरामी फर्काउने निजी अस्पतालको इजाजत रद्द गर्न निर्देशन



जनकपुर । प्रदेश न. २ सरकारले बिरामी नजाँची फर्काउने निजी अस्पताल र नर्सिङहोमको इजाजत रद्द गर्न आठै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ । कोरोना संक्रमणको आशंकामा सामान्य रुघाखोकी लागेकालाई समेत उपचार नगरी फर्काइन थालेपछि सरकारले यस्तो कदम चालेको हो ।

मुख्यमन्त्री लालबाबु राउतले आठै जिल्लाका सुरक्षा र प्रशासनका अधिकारीलाई जनकपुरमा बोलाएर लकडाउनको एक साताको समीक्षासमेत गरेका छन । समीक्षामा निजी संस्थाले उपचारमा लापरबाही गरेको गुनासो आएपछि तिनलाई कारबाही गर्ने निर्णय लिइएको हो ।


प्रतिक्रिया दिनुहोस्