प्रभु क्यापिटलले साउनभरी डिम्याट खाता खोल्दा ३ वर्षसम्म शुल्क नलिने « Arthapath.com
१४ श्रावण २०७७, बुधबार

प्रभु क्यापिटलले साउनभरी डिम्याट खाता खोल्दा ३ वर्षसम्म शुल्क नलिने



काठमाडौं । प्रभु क्यापिटलले साउनमहिनाभरी डिम्याट खाता खोलेमा ३ वर्षसम्म शुल्क नलिने जनाएको छ ।

‘प्रभु क्यापिटलसँग जोडौं नाता, पाउँ ३ वर्षसम्म निःशुल्क डिम्याट खाता’ भन्ने नाराका साथ प्रभु क्यापिटलले अफर ल्याएको छ । प्रभु क्यापिटल लिमिटेडको केन्द्रीय कार्यालय कमलादी तथा प्रभु बैंक लिमिटेडको नेपाल भरी रहेका २१० वटै शाखाबाट डिम्याट खाता खोल्दा निःशुल्क खता खोल्न सकिने योजना ल्याएको हो ।

लगानीकर्तालाई डिम्याट खाता खोल्ने प्रक्रियालाई छिटो, छरितो बनाउने अभिप्रायले क्यापिटलले अनलाइनबाटै डिम्याट तथा मेरो शेयर खाता खोल्न सकिने सुविधा समेत सञ्चालन गरेको छ ।

डोमेनबाट अनलाइन फारम खोली ग्राहकहरुले आवश्यक सबै विवरणहरु राखेर फारम सबमिट गरेपछि पाउने रिफरेन्स कोड राखेर नजिकैको प्रभु बैंकको शाखा वा प्रभु क्यापिटलको कार्यालय कमलादीमा आफ्नो सक्कली नागरिकताका साथ आफैं उपस्थित भई खाता भेरिफाई गर्नुपर्नेछ ।

यसरी अनलाइनबाट बुझाएको डिम्याट खाताको आवेदन भेरिफाइ भएको २ घण्टा भित्रै ग्राहकले डिम्याट नं. पाइसक्ने व्यवस्था क्यापिटलले मिलाएको छ ।


प्रतिक्रिया दिनुहोस्