आजदेखि खुल्यो एनआरएन इन्फ्रास्टक्चरको आईपीओ « Arthapath.com
१६ श्रावण २०७७, शुक्रबार

आजदेखि खुल्यो एनआरएन इन्फ्रास्टक्चरको आईपीओ



काठमाडौं । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको करिब ३४ करोड रुपैयाँ बराबरको आईपीओ बिक्री खुल्ला गरेको छ ।
कम्पनीले ३३ करोड ९८ लाख ४६ हजार रुपैयाँ बराबरको आईपीओ आज साउन १६ गते शुक्रबारबाट निष्काशन खुला गरेको हो ।

कम्पनीले आजदेखि प्रतिकित्ता १०० अंकित दरका कुल ३३ लाख ९८ हजार ४६ कित्ता साधारण शेयर निष्काशन गरेको छ
निष्काशन गरेको ३३ लाख ९८ हजार ४६ कित्तामध्ये ५ प्रतिशत कित्ता साधारण शेयर सामूहिक लगानी कोषको लागि बाँडफाँट गरिएको छ ।
त्यस्तैे २ प्रतिशत किता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ । भने सर्वसाधारणले बाँकी ३१ लाख ६० हजार १८३ कित्ताका लागि आवेदन दिन सक्नेछन्।
शेयर न्युनतम १० कित्तादेखि अधिकतम ३१ लाख ६० हजार १८० कित्तासम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

शेयर निष्काशन छिटोमा साउन २१ गते बन्द हुनेछ भने ढिलोमा भदौ ३ गते सम्म हुने एनआरएन इन्फ्रास्टक्चरले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्