कोरोना भाइरसबाट विश्वभरि मृत्यु हुनेको संख्या ७ लाख ७७ हजार नाघ्यो « Arthapath.com
२ भाद्र २०७७, मंगलवार

कोरोना भाइरसबाट विश्वभरि मृत्यु हुनेको संख्या ७ लाख ७७ हजार नाघ्यो



काठमाडौं । विश्व भरनै महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९० का कारण विश्वभर ७ लाख ७७ हजार ४७० जनाको मृत्यु भएको छ ।

त्यसैगरी हालसम्म विश्वभर २ करोड २० लाख ५२ हजार ७६३ जना कोरोना संक्रमित भेटिएका भइसकेका छन ।

कोरोना महामारीका कारण अहिलेसम्म अमेरीका धेरै प्रभावीत भएको छ ।,

यस्तै, १ करोड ४७ लाख ९५ हजार ८०३ जनाको उपचारपछि निको भएर घर फकेका छन ।

अमेरिकामा अहिलेसम्म १ लाख ७३ हजार ७१६ जनाको मृत्यु भएको छ भने ५६ लाख १२ हजार ०२७ जनामा संक्रमित फेला परेका छन् ।

पहिलो पटक कोरोना भाइरस देखिएको चीनमा भने हालसम्म ४ हजार ६ सय ३४ जनाको मृत्यु भएको छ ।

यस्तै, ब्राजिल, भारत, स्पेन, फ्रान्स, बेलायत, इटलीमा मृत्यू हुनेहरुको संख्या प्रत्येक देशमा ३० हजारभन्दा बढी पुगेको छ ।

इटलीमा मृत्यू हुनेको संख्या ३५ हजार भन्दा बढि छ ।

ब्राजिलमा १ लाख ८ हजार ६५४, भारतमा ५१ हजार ९३६, स्पेनमा २८ हजार ६४६, फ्रान्समा ३० हजार ४२९, बेलायतमा ४१ हजार ३६९ जनाको मृत्यु भइसकेको छ ।

विश्वका २१२ मुलुकमा फैलिएको कोरोना संक्रमण नेपालमा पनि देखिएको छ ।

नेपालमा २७ हजार २४१ जना कोरोना संक्रमित भेटिएको पुष्टि भएको छ भने हालसम्म १०७ को मृत्यु भएको छ ।


प्रतिक्रिया दिनुहोस्