काठमाडौंमा ६६ वर्षीय पुरुषको कोरोनाबाट मुत्यु

काठमाडौं । काठमाडौं उपत्यकामा थप एक जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ ।
काठमाडौं महानगरपालिका २१ का ६६ वर्षीय पुरुषको कोरोना भाइरसले मुत्यु भएको हो ।
उनको कोरोना संक्रमणबाट सशस्त्र प्रहरी अस्पताल बलम्बुमा उपचारको क्रममा मृत्यु भएको हो ।
उनलाई साउन २९ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
त्यस पछि उनलाई साउन ३१ गते बलम्बुमा रहेको सशस्त्र प्रहरी अस्पतालमा भर्ना भई उपचार गराइरहेका थिए ।
उनको स्वास्थ्यमा थप समस्या आएपछि भदौ ५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।