विहिबार थप १२ सय २८ जनामा कोरोना,६ जनाको ज्यान गयो « Arthapath.com
१८ भाद्र २०७७, बिहीबार

विहिबार थप १२ सय २८ जनामा कोरोना,६ जनाको ज्यान गयो



काठमाडौं । विहिबार थप १२ सय २८ जनामा कोरोना संक्रमण देखिएको छ । यो संगै जम्मा कोरोना संक्रमितको संख्या ४२ हजार ८ सय ७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना अपडेटमा बताइएको छ ।

त्यस्तै वितेको २४ घण्टामा ९ सय १७ जना कोरोना संक्रमित निको भएर घर फकेका छन । यो संगै कोरोना भाइरस निको भएर घर फकनेर्को जम्मा संख्या २४ हजार २ सय १७ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४४५ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ३५७, भक्तपुरमा ४२ र ललितपुरमा ४६ जना संक्रमित भेटिएका छन् ।

त्यस्तै आज १ दिनमा ६ जनाको कोरोना भाइरसबाट ज्यान गएको छ । यो संगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ सय ५७ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्