कोरोनाले भयावह बन्दै उपत्यका, एकैदिन १६ सय ३८ जना संक्रमित थपिए

काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यका कोरोनाले भयवह बन्दै आएको छ । सरकारले लकडाउन खुकुलो गरेसंगै उपत्यकामा संक्रमितको संख्या दिनदिनै बढ्दो क्रममा रहेको छ ।काठमाडौं उपत्यकामा कोरोनाको जोखिम उच्च भएको छ । उपत्यकामा आज एकैदिन १६ सय ३८ जना थपिएका छन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १२ सय ८०, ललितपुरमा १ सय ६२ र भक्तपुरमा १ सय ९६ जनालाई कोरोना संक्रमण देखिएको छ । यो संगै उपत्यकामा कोराना संक्रमितको संख्या २६ हजार ७४१ पुगेको छ।
काठमाडौंमा २१ हजार ६७३ ललितपुरमा २ हजार ६८७ र भक्तपुरमा २ हजार ३८१ संक्रमित रहेका छन । पछिल्लो २४ घण्टामा देशभर २ हजार ७२२ जना कोरोना संक्रमित पुष्टि भएका छन्। । उपत्यकामा कुल संक्रमितको आधा भन्दा बढी संक्रमित थपिएक छन ।