केराउ तस्करी रोक्दा घरेलु हतियारले हानेर असई र जवानको ज्यान गयो « Arthapath.com
८ असार २०८२, आईतबार

केराउ तस्करी रोक्दा घरेलु हतियारले हानेर असई र जवानको ज्यान गयो



काठमाडौं । मटर तस्करी रोक्न खोज्दा कैलालीको अस्थायी प्रहरी बिट, जुगेडाका इञ्चार्ज प्रहरी सहायक निरीक्षक असई गोविन्द विक र जवान रामबहादुर साउदको हत्या गरी ज्यान गएको खुलेको छ ।
घटनामा संलग्न भएको आशंकामा पक्राउ परेका ७ जनाले विक र साउदको हत्या गरेको स्वीकार्दै तस्करीमा अवरोध गरेकै कारण घटना भएको बताएका छन ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका वरिष्ठ उपरीक्षक एसएसपी मुकेश सिंहका अनुसार घटनामा संलग्न हुनसक्ने आशंकाका आधारमा समातिएका १३ जनामध्ये ६ जनाको संलग्नता नभएको र अरुले भने अभियोग स्वीकारेको सिंहले बताएका छन ।

शनिबार राति बा ५८ प ५२८४ नम्बरको मोटरसाइकलमा गस्तीका लागि गएका वेला असई विक र जवान साउद तस्कर समूहको निशानामा परेका थिए । विकको शव आइतबार मोहना नदीमा भेटिएको थियो भने साउदको भेटिएको थिएन ।


प्रतिक्रिया दिनुहोस्