२०२० मा रसुवागढीबाट २ सय ३२ चिनियाँ भित्रीए « Arthapath.com
२५ पुष २०७७, शनिबार

२०२० मा रसुवागढीबाट २ सय ३२ चिनियाँ भित्रीए



काठमाडौं । नेपालको चीनसँगको अन्तराष्ट्रिय ब्यापारिक नाका रसुवागढीबाट सन् २०२० मा न्युन पर्यटक नेपाल भित्र्एिका थिए ।

विश्वब्यापी फैलिएको कोरोना भाईरस (कोभिड–१९) का कारण नेपाल भित्र्ने पर्यटकको संख्यामा कमी आएको हो । नाकाबाट प्रति वर्ष १० देखि ३१ हजारसम्म पर्यटक आउने गरेकोमा सन् २०२० मा ५ सय ३२ पर्यटक नेपाल आएको तथ्याङ्क अध्यागमन कार्यालय रसुवाले सार्वजनिक गरेको छ । यो नाका सञ्चालन भएयताकै सबैभन्दा कम संख्या हो । पछिल्लो ८ महिनामा नाकाबाट पर्यटक नआएका समेत अध्यागमन कार्यालय रसुवाका प्रमुख एकनारायण भण्डारीले बताउनु भयो । चिनियाँ पक्षले नेपाली ब्यवसायीको नेपाल भित्र्यिाउने सामान समेत नपठाएको नेपाल चेम्बर अफ कमर्श रसुवाका अध्यक्ष सञ्जिव अमात्यले बताउनु भयो ।

चीनको वुहानमा कोरोना भाईरस देखिएपछि चिनियाँ पक्षले लकडाउन गरेको थियो । त्यसयता अहिलेसम्म नाकाबाट पर्यटक आउने तथा जाने क्रम नै ठप्प बनेको छ । अहिले नाकाबाट सिमित चिनियाँ सामाग्री भित्र्ने गरेको भएपनि मान्छेको आवत–जावत खुला गरिएको छैन । कार्यालयको तथ्याङ्कअनुसार नाकाबाट नेपाल भित्र्ने तथा चीनतर्फ जाने पर्यटकको संख्या अहिलेसम्मकै न्युन छ । २०२० को जनवरी महिनामा ५ सय २६ र फेबु्रअरी महिनामा ६ जना नेपाल आएकोमा २ सय २ जना पर्यटक चीनतर्फ गएका थिए । जनवरी महिनामा १ सय ८० र फेबु्रअरी महिनामा २२ जना पर्यटक चीनतर्फ गएका कार्यालयले जानकारी दिएको छ ।

रसुवागढी नाकाबाट सन् २०१५ अप्रिलदेखि पर्यटक आउने क्रम शु? भएको हो । रसुवागढी नाका हुँदै आएका पर्यटक सिधैं काठमाडौं, पोखरा तथा लुम्बिनी जाने गरेका छन् । नाकाबाट आउने पर्यटकमध्ये करिव ६० देखि ७० प्रतिशत हिस्सा चिनियाँ पर्यटकले ओगटेका छन् । केही चिनियाँले आफ्नै सवारी साधन ल्याउने गरेका छन् भने अधिकांश पर्यटकले चाँही नेपालकै सवारी साधनको प्रयोग गर्दै आएको देखिन्छ । चीन, सार्क राष्ट्रका अफगानिस्तान बाहेक अन्य देश र १० वर्षमुनिका बालबालिकाले ग्रेटिस भिसा पाउँछन् । यस कारण पनि चिनियाँ पर्यटक बढेका थिए ।

२०१५ मा चिनियाँ पर्यटक मात्र आएका थिए । २०१६ मा चीनले अन्तराष्ट्रिय नाका घोषणा गरेपछि तेस्रो देशका पर्यटक आउन थालेका कार्यालयले जनाएको छ । सन् २०१५ मा १० हजार ६ सय ४९, सन् २०१६ मा १७ हजार ८२, सन् २०१७ मा १९ हजार ४ सय ७८, सन् २०१८ मा २९ हजार १ सय ५४ पर्यटक नेपाल आएका कार्यालयको तथ्याङ्क छ । २०१५ अप्रिलदेखि पर्यटक आउने क्रम शु? भएको थियो । त्यो महिना २ सय ९१ पर्यटक आएका थिए । यो नाका भएर नेपाल भित्र्ने प्रमुख देशमा चीन, अमेरिका, स्लोभाकिया, बेलायत, नेदरल्याण्ड, जर्मनी, इटाली, फ्रान्स, चेकोस्लोभाकी र अष्ट्रेलिया पर्छ ।
नेपाल घुम्न आउने धेरै जसो चिनियाँ पर्यटकले करिब ३० दिनको भिसा लिने गरेका छन् । अधिकांश चिनियाँ पर्यटकले ल्हासा, गोन्जाउबाटै भिसा लगाएर आउने गरेका छन् । करिव १० प्रतिशत पर्यटकले मात्र रसुवागढी अध्यागमनबाट भिसा लिने गरेका छन् । रसुवागढी अध्यागमन कार्यालयले विश्वका १२ वटा देशलाई अनअराइभल भिसा उपलब्ध गराउँदैन । सरकारी र कुटनीतिक राहदानीबाहक बाहेक नाईजेरिया, घाना, जिम्बाबे, स्विजरल्याण्ड, क्याम?न, सोमालिया, लाइबेरिया, इथियोपिया, इराक, प्यालेष्टाइन, अफगानिस्तान र सिरियाका नागरिकले विदेशस्थित नेपाली दुताबास वा कुटनीतिक नियोगबाटै अग्रिम भिसा लिई आउनुपर्नेछ ।


प्रतिक्रिया दिनुहोस्