नवज्योति आधारभूत विद्यालयको नवनिर्मित ४ कोठे भवन उद्घाटन « Arthapath.com
४ फाल्गुन २०७७, मंगलवार

नवज्योति आधारभूत विद्यालयको नवनिर्मित ४ कोठे भवन उद्घाटन



काठमाडौं । नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिका वडा नं. ६ स्थित नवज्योति आधारभूत विद्यालयको नवनिर्मित भवन उद्घाटन भएको छ ।भवनको उद्घाटन आज फागुन ४ गते प्रमुख अथिति दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्र सिँह तामाङले गरेका हुन् ।


जिल्ला आयोजना कार्यान्वयन इकाई नुवाकोटको आर्थिक सहयोगमा बनेको उक्त भवन कूल ६८ लाख ३८ हजार १ सय ६१ को लागतमा निर्माण भएको हो ।२०७४ साल पुस १२ गते गापा. अध्यक्ष योविन्द्र सिँह तामाङले भवनको शिलान्यास गरेका थिए ।कक्षा ५ सम्म पढाइ हुने उक्त विधालयमा हाल गाउँपालिकाले शिक्षक व्यवस्थापन गरेर कक्षा ८ सम्म पढाइ हुदै आएको छ ।


कार्यक्रममा गाउपालिका उपाध्यक्ष अन्जु आचार्य, वडा नंं. ६ का अध्यक्ष किशोर आचार्य, वडा नंं. १ का अध्यक्ष सुनबहादुर तामाङ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नर बहादुुर तामाङ लगायतको उपस्थिति रहेको थियो थियो ।


प्रतिक्रिया दिनुहोस्