बसको ठक्करबाट बालकको मृत्युपछि बट्टारबजार तनावग्रस्त « Arthapath.com
२९ आश्विन २०७६, बुधबार

बसको ठक्करबाट बालकको मृत्युपछि बट्टारबजार तनावग्रस्त



विदुर । नुवाकोटको बट्टार बजारमा केरुङ यातायातको बसले बाटोमा हिडिरहेको बाटकलाई ठक्करदिँदा बालकको घट्ना स्थलमा मृत्यु भएको छ । बुधबार बिहान त्रिशुलीबाट काठमाडौं आउँदै गरेको बा ४ ख ७५०७ नम्बरको बसको ठक्करबाट बालकको घट्ना स्थालमै मृत्यु भएको हो ।
मृतक बालक तारकेश्वर गाउँपालिका –५ भन्जयाङथोक र्गोस्याङका प्रताप तामाङका ६ वर्षिय छोरा युनिक तामाङ हुन । बाबुछोरा अस्पतालबाट घर फर्कदै गर्दा बाबुले डो¥याइरहेको बालकलाई बसले ठक्कर दिएको तारकेश्वर गाउँपालिका वाड नं. ५ का वडाध्यक्ष चुडामणी गजुरेलले बताए । बस तिब्र गतिमा रहेकाले र्दुघट्ना भएको प्रहरीले जनाएको छ । घट्ना लगत्यै मृतकका आफन्तले बसका चालकलाई कुटपिट गर्नुका साथै बस जलाउने प्रयास गरेका थिए ।
प्रहरीले घट्नालाई नियन्त्रणमा लिन ५ सेल अश्रुग्यास प्रहार गरेको थियो । घाइते चलककको स्थानिय मेडिकलमा उपचार भैरहेको छ ।


प्रतिक्रिया दिनुहोस्