एनआरएनए बामपन्थीको कब्जामा, अध्यक्षमा कुमार पन्त विजयी (मत परिणामसहित)

काठमाडौं । गैर आवासिय नेपाली संघ (एनआरएनए) पनि बामपन्थीको कब्जामा पुगेको छ । नेकपा निकट अध्यक्षका प्रत्यसी कुमार पन्तले काङ्ग्रेस निकट अध्यक्षका प्रत्यसी कुल आचार्यलाई पराजित गरेका छन ।
पन्तले एक हजार २ सय १७ मत ल्याएर विजयी भए भने आचार्यले एक हजार ७० मत ल्याएका हुन् । ९ औं विश्व सम्मेलनबाट पन्त विजयी भएका हुन । गोरखा फुजेलका स्थायी बासिन्दा पन्त सन् १९९९ देखि जर्मनीमा व्यवसाय सञ्चालन गर्दै आएका छन् ।
५ उपाध्यक्षमा पन्त समुहका बद्री केसीले १ हजार १ सय ६३, अर्जुन कुमार श्रेष्ठले १ हजार २७ सोनाम लामाले ८ सय ९८ मत ल्याएर विजयी भएका छन । आचार्य समुहका मन केसीले ९ सय ६१ मत ल्याएर विजयी भए भने महिला उपाध्यक्षमा आचार्य समुहकै रविना थापाले १ हजार २ सय २१ मत ल्याएर विजयी भइन ।
म्हासचिवमा डा हेमराज शर्माले १ हजार १ सय ३९ मत ल्याएर विजयी भ एभने उकिो प्रतिद्वन्दी जानकी गुरुङले १ हजार ५३ मत ल्याएकी थिइन । त्यस्तै सचिमा गौरीराज जोशीले ९ सय १६ र आर के शर्माले ८ सय ६८ मत ल्याएर विजयी भए ।
कोषाध्यक्षमा महेशकुमार श्रेष्ठले १ हजार ६ सय ५३ मतका साथ विजयी भएका छन । सह–कोषाध्यक्षमा लोकप्रसाद दाहालले ११ सय ८४ मत ल्याएर निर्वाचित भएका छन ।
त्यस्तै महिला संयोजकमा भोलादेवी लिम्बुले ७ सय २ मत ल्याएर विजयी भइन । युवा संयोजक हिमाल गुरुङले ७ सय ६८, अफ्रिका क्षेत्रिय संयोजक रोसन थापा निर्विरोध निर्वाचित भएका छन । अफ्रिकाकै क्षेत्रिय महिला संयोजकमा मनकला थापा विष्ट निर्विरोध निर्वाचित भइन ।
एसिया प्रान्त क्षेत्रिय संयोजकमा गोविन्द श्रेष्ठ (२१७) एसिया प्रान्त क्षेत्रिय उपसंयोजकमा खगेन्द्र न्यौपाने (१९८), पारषमणी पोखरेल (१९५), एसिया प्रान्त क्षेत्रिय महिला संयोजक अमृता थापा, एसिया प्रान्त क्षेत्रिय युवा संयोजक दिपक प्रसाद कणेँल, अमेरिका क्षेत्रिय संयोजक राजन त्रिपाठी (१५४), अमेरिका क्षेत्रिय उपसंयोजक रामसी पोख्रेल (१५०), अमेरिका क्षेत्रिय महिला संयोजक उमा कार्मी थापा (१४४), अमेरिका क्षेत्रिय युवा संयोजक बिमल सापकोटा निर्वाचित भए ।
त्यस्तै ओसियाना संयोजकमा होमनाथ पाण्डे (१०५), उपसंयोजक नविन कर्णेल (१०७) महिला संयोजक जानकी पौडेल र युवा संयोजक राजकुमार थपलिया निर्विरोध निर्वाचित भए ।
त्यसैगरी यूरोप क्षेत्रिय संयोजकमा नारायण प्रसाद आचार्य (२७४)मत ल्याएर विजयी भए । ३ दिन अघि राष्ट्रपती विद्यादेवी भण्डारीले सम्मेलनको उद्घाटन गरेकी थिइन । एनआरएनएमा उम्मेदवारहरु २ प्यानल विभाजित भई निर्वाचनमा होमिएका थिए ।
सुरुमा इलोक्ट्रोनिक भोटिङ गर्ने तयारी भएपनि बुधबार राति विवाद भएपछि विहिबार मात्रै कागजी मतदान भएको थियो । २ वर्षको लागी २ हजार ३ सय ४० मतदाताले मतदान गरेका थिए । इलोक्ट्रोनिक मतदानमा विवाद भएपछि केही प्रतिनिधि मतदाननै नगरी फर्केका थिए ।