प्रधानमन्त्री ओलीले किन सल्लाहकार हटाए ? « Arthapath.com
२४ कार्तिक २०७६, आईतवार

प्रधानमन्त्री ओलीले किन सल्लाहकार हटाए ?



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना सल्लाहकार हटाएका छन । आफ्नै भन्नेबाट प्रधानमन्त्री आलोचित हुन थालेपछि सलहकार टिम परिवर्तन गर्ने मुडमा थिए । प्रधानमन्त्रीले आफ्ना सल्लाहकार टीमका सबै सदस्यलाई राजीनामा दिन निर्देशन दिएका छन ।
मृगौलाको समस्याका कारण अघिल्लो सातामात्रै डायलाइसिस गराएर अस्पतालबाट डिस्चार्ज भएका प्रधानमन्त्री केपी ओलीले सल्लाहकार टिमलाई राजिनामा गर्न लगाएका हुन ।
प्रधानमन्त्रीको सचिवालयमा अहमता बढेको जन गुनासो यत्र तत्र सर्वत्र हुन थालेपछि प्रधानमन्त्रीले सचिवालय नै परिवर्तन गर्न लागेका हुन । सचिवालयमा बसेका सल्लाहकारले प्रमलाई बाहिरि परिवेसको वस्तुनिष्ट विष्लेसण गर्न नसकेको र प्रमलाई गलत सल्लाह दिन थालेकाले नयाँ टिप रिप्लेस गर्न चाहेका हुन ।


प्रतिक्रिया दिनुहोस्