कम्युनिष्ठको गढ धरानमा काङ्ग्रेस विजयी « Arthapath.com
१६ मंसिर २०७६, सोमबार

कम्युनिष्ठको गढ धरानमा काङ्ग्रेस विजयी



काठमाडौं । कम्युनिष्ठहरुको गढ भनेर चिनिने धरान उपमहानगरपालिकाको मेयरमा काङ्ग्रेस उम्मेद्वार विजयी भएका छन ।
नेकपाको पहिलेदेखीकै गढ मानियको पुर्वको मुख्य स्थानमै पुर्व एमाले एक्लैले मेयर जितेको सो स्थानमा नेकपाका एउमेद्वार करिव ३ हजारको फराकिलो मतान्तरले हारेका छन । २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा निर्वाचित तारा सुब्बाको निधन प्रश्चात पुनः निर्वाचन भएको हो ।
धरान उपमहानगरपालिकाको मेयरमा नेपाली काँग्रेसका उम्मेदवार तिलक राई विजयी भएका छन ।
काँग्रेसका तिलकले २६ हजार ७ सय ९ मत प्राप्त गरेका छन । भने नेकपाका प्रकाश राईले २३ हजार ९ सय १४ मत पाएका हुन । निधन भएपछि धरानमा मंसिर १४ गते उपनिर्वाचन भएको हो । धरानकै वाडा नं. ७ मा नेकपाका उम्मेद्वार १ मतले विजयी भएका छन ।


प्रतिक्रिया दिनुहोस्