नेकपामा सभामुख छान्न सकस, को बन्ला नयाँ सभामुख ? « Arthapath.com
५ माघ २०७६, आईतवार

नेकपामा सभामुख छान्न सकस, को बन्ला नयाँ सभामुख ?



काठमाडौं । नयाँ सभामुख चयनको विषयलाई लिएर प्रधानमन्त्री केपी ओली र अर्का पार्टी अध्यक्ष प्रचण्ड दुबैले आ–आफ्नो अडान नछोडेपछि संसदले गति लिन सकेको छैन ।
आज नयाँ सभामुख चयान गर्ने संर्दभमा दुई अध्यक्षको छलफल बालुवाटारमा जारी छ । आइतबार विहान ९ बजेपछि दुई अध्यक्षबीच बालुवाटारमा नयाँ सभामुख कसलाई बनाउने भनेर छलपल भैरहेको छ ।
समयमै सभामुख चया नहुँदा संसद लामो समयदेखी चल्न सकेको छैन भने संसदमा ४० भन्दा बढी विधेयम पनि त्यसै थन्किएका छन ।
सभामुख कसलाई बनाउने भन्ने आजै सांझसम्म टुंगो लाग्ने नेकपाका नेताहरुले बताएका छन । यसअघि प्रचण्डलाई कार्यकारी अध्यिक्ष दिने बेलामानै सभामुख सुवास नेम्वाङलाई बनाउने सहमती भएको भन्दै केही नेताहरुले पुर्व एमालेबाटै नेम्वाङलाई भावी सभामुख बनाउनेपर्ने बताउँदै आएक छन ।
उता अर्का पार्टी अध्यक्ष प्रचण्डले भने पार्टी एकाताका बेलामानै राष्ट्रपती, उपराष्ट्रपती, प्रधानमन्त्री, र सभामुखविच भागवडा भएको थियो ।
गत शनिबार बसेको नेकपा सचिवालय बैठकले उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई पदबाट राजीनामा दिन निर्देशन दिइएको थियो ।

को भन्दैछन नयाँ सभामुख ?
प्रधानमन्त्रीले पूर्व सभामुख सुवास नेम्वाङ र प्रचण्डले स्थायी समिति सदस्य अग्नि सापकोटालाई सभामुखको उम्मेद्वारका रुपमा अघि सारेका छन । ओलीले पुर्व माओवादीबाटै बनाइने भए टोपबहादुर रायमाझीलाई अघि सार्ने बताइएको छ । उता पुवर्प माओवादीबाट देव गुरुङ, पम्फा भुषालले पनि दावी गरेका छन । उता प्रचण्डले सापकोटा नभए जनार्दन शर्मा प्रभाकरलाई अघि सार्ने बताईएको छ ।


प्रतिक्रिया दिनुहोस्