अन्तत नेकपाले अग्नि रोज्यो « Arthapath.com
६ माघ २०७६, सोमबार

अन्तत नेकपाले अग्नि रोज्यो



काठमाडौं । हिजो बसेको नकपा सचिवालय बैंठकले पार्टी स्थायी कमिटि सदस्य अग्नी सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री कार्यालय बालुवाटारमा बसेको सचिवालय बैठकले सापोटालाई सभामुख बनाउने निर्णय गरेको पार्टी महासचिव विष्णु पौडेलले बताए ।
सभामुखलाई लिएर दुई अध्यक्षविच १ महिना लामो रसाकस्की चलेको थियो । प्रधानमन्त्री केपी शार्मा ओलीले पुर्व सभामुख सुवास नेम्वाङलाई बनाउन चाहेपनि अर्का अध्यक्ष प्रचण्डको अडाका विच सापकोटा सभामुखको उम्मेदवार बनेका हुन ।
आगामी संसद जेष्ठ सदस्यको अध्यक्षतामा बस्ने र सोही बैडकमा सभामुखको निर्वाचन हुनेछ ।


प्रतिक्रिया दिनुहोस्