सापकोटा आज सभामुख बन्दै « Arthapath.com
१२ माघ २०७६, आईतवार

सापकोटा आज सभामुख बन्दै



काठमाडौं । संसदले आज सभामुख पाउने भएको छ । पुर्व सभामुख कृष्णबहादुर महरा यौन काण्डमा मुछिएपछि प्रतिनिधिसभा संसद लामो समयदेखी सभामुख विहिन भएको थियो ।
प्रतिनिधिसभाले आज सभामुख पाउँदै छ । तर सर्वसम्मत उम्मेद्वार बनेका सापकोटालाई आजै सर्वोच्च अदालतले हाजिर हुन भनेको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीद्वारा दायर रिटको पेसी आजकै लागि तोकिएको छ ।
सापकोटाविरुद्ध काभ्रे प्रहरीमा विचाराधीन जाहेरीको अनुसन्धान प्रक्रिया अघि बढ्नेछ वा सो आदेश जारी नहुने छ । आदेश जारी नभएमा सभामुखमा सापकोटा निर्वाचित हुनेछन भने संसदको गतिरोध पनि अन्त्य हुनेछ ।
सापकोटा विरुद्ध यसअघि पनि अदालतमा मुद्दा विचाराधीन नै छ । काभ्रेका अर्जुन लामाको हत्या प्रकरणमा सापकोटाको नाम जोडिँदै आएको छ । यद्यपि उक्त मुद्दाको अनुसन्धान भने एक दशकभन्दा लामो समयदेखि अघि बढ्न सकेको छैन ।
चार महिनापछि प्रतिनिधिसभाले सभामुख पाउन लागेको हो ।

लामो विवादपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले माघ ५ गते सभामुखको उम्मेदवार तय गरेपछि प्रक्रिया अघि बढेको थियो । गत मंगलबार नै मनोनयन भए पनि राष्ट्रियसभा सदस्यको निर्वाचनका कारण प्रक्रिया पछि सारिएको थियो ।


प्रतिक्रिया दिनुहोस्