एक वर्ष थपियो सत्य निरुपण तथा मेलमिलाप आयोगको म्याद

काठमाडौं । सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोगको म्याद एक वर्ष थप गरेको छ । सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्य अझै बाँकी रहेकाले सरकारले म्याद थप गरेको हो । विहिबार सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारप्रविधि मन्त्री गोकुल बास्कोटाले १३ गते सोमबार बसेको मन्त्रीपरिषद बैंठकले म्याद थप गरेको जानकारी दिए ।