संचारमन्त्रीले टेलीकमका कर्मचारीलाई भने खुट्टा हल्लाएर बस्ने बेला भएको छैन « Arthapath.com
२२ माघ २०७६, बुधबार

संचारमन्त्रीले टेलीकमका कर्मचारीलाई भने खुट्टा हल्लाएर बस्ने बेला भएको छैन



काठमाडौं । सरकारका प्रवक्ता तथा संचार तथा सूचना प्रविधि मन्त्री गोकुल वास्कोटाले कर्मचारीलाई टेलिकमभित्र बसेर राजनिती नगर्न चेतावनी दिएका छन । उनले तपाँईहरुको कारण राष्ट्रको संचार अधोगतिमा लागेको भन्दै टेलीकममा राजनिती अव चल्दैन । नेपाल दूरसञ्चार कम्पनी तथा नेपाल टेलिकमको १६ औँ बार्षिकोत्सवको अवसरमा मन्त्री बास्कोटाले कर्मचारीलाई इमान्दार भएर काम गर्न आग्रह गरे ।

कार्यक्रममा संचार तथा सूचनाप्रविधी मन्त्री गोकुल वास्कोटाले एक बषभित्र सञ्चार क्षेत्रको पहुँच सबै ठाउमा पुर्याउँछौं भन्दा मन्त्रीको दम्भ भनेर भनेकोमा उनि आक्रोसित बनेका थिए । आज १ वर्षमा त्यो पुरा भयो नि । उनले भने टेलिकम पुरनो भएकाले सबैलाई ढिलो भएको लागेको उनले बताए ।

हाम्रा हालत त्यस्तै थियो तर हाल अलिकति त्यसमा सफलता प्राप्त गरेका छौँ । कम्पनीमा ईमान्दारिता, क्षमता, सक्षम र संकल्प भएको मान्छे भएमा अगाडी बढ्ने उनी बताउँछन् । उनले थपे अघि एमडीले पनि भनिसके लोकसेवामा सरकारले पनि केहि गर्न सक्दैन् ।
आमाको जन्मदिनमा पनि मंगल धुन बजाउने कि शोकको धुन बजाउने, आजको दिनमा पनि रमाउन नसक्ने मानसिकता किन ? भनेर मन्त्रीले प्रश्न गरे । मलाई लाग्छ चुच्चे टोपी लगाएर केहि पनि गर्न सत्तैन । उनले कर्मचारीलाई राजनीति गर्नु छ भने यो राजनीति गर्ने थलो होइन अन्तै गएर गर्न सुझाए । संस्थाको हितका विरुद्ध आलोचना नगरौं । टेलिकमको गुणस्तरमा अव सम्झौता हुँदैन ।

विरोधले सधै पराजित गर्ने भन्दै मन्त्रीले भर्ने जसरी बुझ्नुहुन्छ त्यसरी नै बुझ्नुहोस्’ उनले भने । आजको दिन देशभरि नै ४ जी पुर्याएर देखाउनु परेको हो ।
कम्पनीप्रति ईमानदार बन्नहरुका लागि सरकारले जायज कुरा सुन्ने छ । देशकै समृद्धि गर्नुपर्ने छ भने दुई चार जनाको कुराले नहच्किने र हिसाव किताव राम्रोसंग राखिने उनले बताए । अराजकता नसहने उनले बताए । राजनीति गर्ने हो भने पार्टी कार्यालय जाने यता नगर्न उनले आग्रह गरे । जस जसले खटेर काम गर्यो उनीहरुलाई धन्यवाद समेत दिए । जव जनताले टेलिकमले दिएको सुविधामा गुणस्तरीयता आउछ तव कर्मचारिले खुट्टा हल्लाएर बस्न उनले आग्रह गरे ।


प्रतिक्रिया दिनुहोस्