ललिता निवास प्रकरणःअख्तियारद्धारा १ सय ७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर « Arthapath.com
२३ माघ २०७६, बिहीबार

ललिता निवास प्रकरणःअख्तियारद्धारा १ सय ७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवासको जग्गामा ऋण दिने बैंक तथा वित्तीय संस्थालाई आवश्यक कारवाहीका लागि सुझाव लेखेर पठाउने भएको छ । विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले ललिता निवास मुद्दामा अर्बौको धितो कर्जा प्रवाह गरेको अख्तियारले जनाएको छ ।

सर्वसाधारणको अर्बौंको निक्षेपको सुरक्षण गर्ने प्रयोजनका लागि आवश्यक कारवाही गर्न अख्तियारले राष्ट्र बैंकलाई सुझाव दिएको हो । बैंक तथा वित्तीय संस्थाको २ अर्ब ४१ करोड ६९ लाख ३६ हजार १२५ रूपैयाँ ललिता निवासमा ऋण लगानी छ ।

अख्तियारले बुधबार १ सय ७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । मुद्दाको आरोप पत्रमा बैंकलाई कारवाहीका लागि सुझाव दिइएको हो ।


प्रतिक्रिया दिनुहोस्