मिडिया काउन्सिल विधेयक पारित, पत्रकारले लाइसेन्स लिनुपर्ने व्यवस्था झिकियो « Arthapath.com
२३ माघ २०७६, बिहीबार

मिडिया काउन्सिल विधेयक पारित, पत्रकारले लाइसेन्स लिनुपर्ने व्यवस्था झिकियो



काठमाडौं । संचारमाध्यामलाई नियमन गर्न बनाइएको मिडिया काउन्सिल बिधेयक राष्ट्रियसभाबाट आज पारित भएको छ । विधेयकमा पत्रकारले छुट्टै परिक्षा दिएर लाइसेन्स लिनुपर्ने व्यवस्था हटाइएको छ ।
माघ २३ गते विहिबार बसेको राष्ट्रिय सभा बैंठकले मिडिया काउन्सिल विधेयक पारित गरेको हो । संसारमा कहिपनि पत्रकारले परिक्षा लिएर लाइसन्स लिने व्यवस्था नरहेको भन्दै संसदमा सच्याउन आग्रह भएपछि संचारमन्त्रीले विधेयक संसोधनसहित पारित भएको घोषणा गरेका हुन ।


प्रतिक्रिया दिनुहोस्