त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगलागी(भिडियो सहित) « Arthapath.com
२७ माघ २०७६, सोमबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगलागी(भिडियो सहित)





काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कफीसपमा आगलागी भएको छ । विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलभित्र रहेको एयरपोर्ट टी एन्ड कफी सपमा आगलागी भएको एयरपोर्ट टर्मिनल कार्यालयले बताएको छ । एयरपोर्टको दमकलले आगलागी नियन्त्रणमा लिइसकेको छ ।

आगलागीपछि यात्रुहरु तितरवितर हुँदा दोहा उड्नुपर्ने कतार एयरवेजको जाहज उड्न सकेको छैन । यसैगरी,काठमाडौं अवतरण हुनुपर्ने चाइना साउर्दन, सिल्क एयर, हिमालय एयरलाइन्स र नेपाल वायु सेवाको निगमको गरी चारवटा जहाज सिमरामाथिको आकाशमा होल्ड छन । आगलागि के कति कारणले भयो भन्ने एकिन हुन सकेको छैन ।


प्रतिक्रिया दिनुहोस्