बाग्मती प्रदेशको भौतिक पुर्वाधारमन्त्रीमा रामेश्वर फुँयाल, आजै सपथ हुने « Arthapath.com
२९ माघ २०७६, बुधबार

बाग्मती प्रदेशको भौतिक पुर्वाधारमन्त्रीमा रामेश्वर फुँयाल, आजै सपथ हुने



काडमाडौं । बाग्मती प्रदेश सरकारको भौतिक पुर्वाधारमन्त्रीमा सांसद रामेश्वर फुँयाल बन्ने पक्का भएको छ । मुख्यमन्त्री डोरमणी पौडेलले फुँयाललाई मन्त्रीपदको सपथग्रहण आजै गराउने तयारीमा रहेका छन ।
काठमाडौं क्षेत्र नं. ३ को प्रदेशसभा २ बाट निर्वाचित फुयाँल आज मन्त्री बन्न लागेको बताएका छन । केशव स्थापितलाई राजधानीको विषयमा अनावश्यक चलखेल गरेको भन्दै मुख्यमन्त्रीले बर्खास्त गरेका थिए । स्थापिछ बर्खास्ती भएको झण्डै १ वर्षपछि रामेश्वर फुयाँल नियुक्त हुन लागेका हुन ।
२०२० सालमा जन्मिएका फुँयाल व्यवस्थापनमा स्नातकोत्तर गरेका छन । ३५ वर्ष अघि अखिलबाट राजनिती सुरु गरेका फुँयाल तत्कालिन नेकपा एमालेको काठमाडौं जिल्ला कमिटिको सचिव हुँदै एमाले केन्द्रिय सदस्य भएका थिए । २०४९ र ०५४ मा भएको स्थानिय निर्वाचनमा गाविस अध्यक्षमा भएका फुँयाल २०५४ देखी ०५९ सम्म जिविस काठमाडौं उपसभापति बनेका थिए । झलनाथ खनाल पहिलोपल्ट मन्त्री बन्दा फुँयाल सचिवालयमा थिए ।


प्रतिक्रिया दिनुहोस्