७० करोड काण्डले सञ्चारमन्त्री दिए राजिनामा « Arthapath.com
८ फाल्गुन २०७६, बिहीबार

७० करोड काण्डले सञ्चारमन्त्री दिए राजिनामा



काठमाडौं । सञ्चार तथा सूचनाप्रविधि मन्त्री गोकुल बास्कोटाको अवैध व्यापारीसँग ७० करोड घुस मागेपछि मन्त्री पदनै गुमेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पटक पटक भन्दै आउनुभएको भ्रष्टचारमा शुन्य शहनसिलता संचारमन्त्रीमा पनि लागु भयो ।

मन्त्री गोकुल बास्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्टसँग भएको कुराकानीको अडिको टेप सार्वजनिक भएपछि राजिनामा दिएका हुन । विहिबार मन्त्री बास्कोटाले राजिनामा दिनुभएको कुरा सभामुख अग्नि सापकोटाले संसदलाई जानकारी दिएका छन । सञ्चारमन्त्री बास्कोटाले स्वीस एजेन्टसँग प्रेस खरिदको लागी ७० करोड कमिसन मागेको अडियो बुधबार साँझ सार्वजनिक भएको थियो ।

कार्यक्रमको शिलसिलामा कञ्चनपुरमा रहेका बास्कोटा आजैमात्र काठमाडौं फर्केर सिधै प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । बालुवाटारमा प्रधानमन्त्री ओली, नेकपाका अध्यक्ष प्रचण्ड, महासचिव विष्णु पौडेललगायतको नेताहरु बसेर मन्त्री बास्कोटालाई राजिनामा दिन निर्देशन दिएका थिए ।


प्रतिक्रिया दिनुहोस्