बामदेवको आग्रहमा संविधान संशोधनको तयारी « Arthapath.com
११ फाल्गुन २०७६, आईतवार

बामदेवको आग्रहमा संविधान संशोधनको तयारी



राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री हुने गरी माधव नेपालको संयोजकत्वमा बन्यो ३ सदस्सीय कार्यदल

काठमाडौं । राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री हुन पाउने गरी संविधान संशोधनको गृहकार्य भईरहेको छ । चुनाव हारेका नेकपा उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्री बनाउन संबिधान संसोधन गरिन लागेको हो । उनलाई अर्थमन्त्री डा. युवराज खतिवडाको कोटामा सरकारको सिफारिसमा राष्ट्रिय सभामा लगिने र प्रधानमन्त्री बनाउने तयारी भएको छ ।

संविधान संशोधनबारे गृहकार्य गर्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा, पूर्वसभामुख सुवास नेम्वाङ र नेता खिमलाल देवकोटा रहेका छन् ।उपाध्यक्ष बामदेव गौतमको मागअनुसार राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री हुन पाउने गरी संविधान संशोधन गर्न गृहकार्य गर्ने बताइएको छ ।

नेकपाले राष्ट्रपतिबाट मनोनित गरेर गौतमलाई राष्ट्रियसभा सदस्य बनाउन चाहेको छ । तर गौतमले भने राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री हुन पाउने गरी संविधान संशोधन गर्नुपर्ने शर्त राख्दै आएका छन् । त्यही सर्त राखेर उनी माघ ९ मा भएको राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार बनेका थिएनन् ।


प्रतिक्रिया दिनुहोस्