ओली–प्रचण्डबीच राजनीतिक विषयमा छलफल « Arthapath.com
१२ फाल्गुन २०७६, सोमबार

ओली–प्रचण्डबीच राजनीतिक विषयमा छलफल



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ’प्रचण्ड’बीच सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा समसामयिक राजनीतिक विषयमा छलफल भएको स्रोतले जनाएको छ । राष्ट्रियसभाका उम्मेदवारलाई प्रधानमन्त्री बनाउन समिति गठनपश्चात नेकपाभित्र र बाहिर तरंग आएपछि दुई अध्यक्षबीच उक्त विषयमा छलफल भएको स्रोतले बताएको छ ।

वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाएर प्रधानमन्त्री बनाउने भन्दै आइतबार मात्र नेता माधव नेपालको संयोजकमा नेकपालले ३ सदस्य समिति गठन गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्