प्रधानमन्त्रीलाई कालो झण्डा देखाउने ४ जना पक्राउ « Arthapath.com
१२ फाल्गुन २०७६, सोमबार

प्रधानमन्त्रीलाई कालो झण्डा देखाउने ४ जना पक्राउ



काठमाडौं । प्रधानमन्त्री एवं सत्तारुढ नेकपाका अध्यक्ष केपी शर्मा ओली प्रदेशस्तरीय कार्यकर्ता भेलाका लागि सोमबार दिउँसो पोखरा गएका छन् । पोखरामा ओलीलाई कालो झण्डा देखाउन खोज्ने ४ जना विद्यार्थी नेताहरु पक्राउ परेका छन् ।

निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सेक्युरेटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा कमिसन मागेको अडियो सुनेर पनि बेवास्ता गरेको आरोप समाजवादी विद्यार्थी युनियनले लगाएका छन् । विरोधस्वरुप नाराबाजी गर्ने र कालोझण्डा देखाउन खोज्ने उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेहरुमा समाजवादी विद्यार्थी युनियनका उपाध्यक्ष नेत्र चापागाईं, रेशम सापकोटा, विशाल तिमल्सिना र प्रवास भट्टराई रहेका छन् । उनीहरु त्यहाँ कालो झण्डा देखाउने तयारी गरिरहेको बेला पक्राउ गरिएको हो ।

त्यसैगरि यती कम्पनीलाई सरकारी जग्गा कौडीको भाउमा लिजमा दिएकोमा विरोधस्वरुप नाराबाजी गर्दै गरेका विद्यार्थी नेताहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा समाजवादी विद्यार्थी युनियनका विद्यार्थी नेताहरु छन् । उनीहरुलाई पोखराको सभागृह नजिकैबाट पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा, रेशम सापकोटालगायत रहेको प्रहरीले जनाएको छ । ओली नेकपा गण्डकी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न पोखरा आएका छन् ।


प्रतिक्रिया दिनुहोस्