राष्ट्रपति भण्डारी धनगढी जाँदै, सुदूरपश्चिमका ५ जिल्ला पुग्ने « Arthapath.com
१३ फाल्गुन २०७६, मंगलवार

राष्ट्रपति भण्डारी धनगढी जाँदै, सुदूरपश्चिमका ५ जिल्ला पुग्ने



काठमाडौं । राष्ट्रपति विद्या भण्डारी सुदूरपश्चिममा हुने ८ वटा कार्यक्रममा सरिक हुन भोलि धनगढी जाने भएकी छन । फागुन १४ गतेदेखि १६ गते सम्म प्रदेशका ५ जिल्लामा हुने ८ कार्यक्रममा राष्ट्रपति भण्डारी सरिक हुने कार्यक्रम रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले रास्ट्रपति भण्डारी फागुन १४ गते मध्यान्न १२ बजे धनगढीमा हुने विश्व नेपाली साहित्य महोत्सवको उद्घाटन र सोही दिन २ बजे शिवनगर खानेपानी आयोजनाको निरिक्षण गर्ने कार्यक्रम रहेको बताए ।

यस्तै फागुन १५ गते विहान १० बजे दार्चुलास्थित मालिकार्जुनको दर्शन, ११ बजे मालिकार्जुन माविको निरिक्षण, २ बजे बैतडीको त्रिपुरासुन्दरी भगवतीको दर्शन, ३ बजे बैतडीमै प्राविधिक शिक्षालयको भवन उद्धघाटन गर्ने कार्यक्रम रहेको सुदूरपश्चिमको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ ।

यस्तै १६ गते विहान १० बजे डडेल्धुरास्थित उग्रतारा मन्दिरको दर्शन र १ बजे कञ्चनपुरमा आयोजित शुक्लाफाँटा महोत्सवमा सहभागी हुने कार्यक्रम रहेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ । राष्ट्रपति १७ गते फर्किने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयबाट मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई पठाईएको सहजीकरण पत्रमा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस्