राष्ट्रियसभा सदस्यको शपथ फागुन २१ गते « Arthapath.com
१३ फाल्गुन २०७६, मंगलवार

राष्ट्रियसभा सदस्यको शपथ फागुन २१ गते



काठमाडौं । राष्ट्रियसभा सदस्यको शपथ फागुन २१ गते हुने भएको छ । संघीय संसद् भवनको, लोत्से सभाहलमा २१ गते राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नवनिर्वाचित सदस्यहरुलाई सपथ गराउनेछन् ।

‘आ(आफ्नो पहिचान झल्कने औपचारिक पोसाकमा निर्वाचन आयोगबाट प्राप्त राष्ट्रियसभा सदस्य पदको प्रमाणपत्र एवं नागरिकता प्रमाणपत्रको सक्कल तथा प्रतिलिपिसहित’ नवनिर्वा्चित सदस्यलाई उपस्थित हुन अनुरोध गरिएको छ ।

कुनै नवनिर्वा्चित सदस्यले आफ्नो मातृभाषामा सपथ लिन चाहेमा ३ दिन अगावै जानकारी गराउन पनि महासचिव मनोहरप्रसाद भट्टराईले जारी गरेको सूचनामा भनिएको छ ।


प्रतिक्रिया दिनुहोस्