स्थानिय तहको संख्या ३५० का बनाउन माग « Arthapath.com
१३ फाल्गुन २०७६, मंगलवार

स्थानिय तहको संख्या ३५० का बनाउन माग



काठमाडौं । सत्तारुढ नेकपाले संविधान संशोधन कार्यदल गठन गरेका बेला नेकपा कै सांसदले भने प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति बनाउने गरी संविधान संशोधनको प्रस्ताव राखेका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा विशेष समय लिएर बोल्दै नेकपा सांसद शेरवहादुर तामाङले संविधान जारी गर्ने बेला त्रुटि भएको भन्दै संविधान संशोधन कार्यदल गठन गरेका बेला प्रत्यक्ष निर्वा्चित कार्यकारी प्रमुख रहने गरी शासकीय स्वरुप बनाउनुपर्ने बताए ।

पूर्व कानूनमन्त्री तामाङले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय प्रणालीमा जाँदा १५१ सदस्यीय एउटामात्रै संसद पूर्ण समानुपातिक निर्वाचन प्रणालीबाट निर्वा्चित हुने व्यवस्था गर्न समेत उनले प्रस्ताव राखेका छन् । तामाङले संघीय संरचनालाई समन्वयकारी मात्र बनाउने र स्थानीय तहको संख्या ७५३ बाट घटाएर ३५० को हाराहारीमा ल्याउन समेत प्रस्ताव राखे ।


प्रतिक्रिया दिनुहोस्