गौतम उपप्रधानसहित अर्थमन्त्री बन्ने, खतिवडाको ठाउँमा राष्ट्रिय सभामा लैजाने नेकपाको निर्णय « Arthapath.com
१४ फाल्गुन २०७६, बुधबार

गौतम उपप्रधानसहित अर्थमन्त्री बन्ने, खतिवडाको ठाउँमा राष्ट्रिय सभामा लैजाने नेकपाको निर्णय



काठमाडौं । २ वर्षअघि सरकारको सिफारिसमा राष्ट्रय सभा सदस्य भएका अर्थमन्त्री डा. युवराज खतिवडा नदोहोरिने निष्चीत भएको छ । खतिवडाको खाली रहेको राष्ट्रिय सभासदस्य पदमा नेकपाका उपाध्यक्ष बामदेव गौतमलाई लैजाने पार्टीले निर्णय गरिसकेको छ ।

आज बसेको नेकपाको सचिवालय बैठकले १ महिनाअघि पार्टी उपाध्यक्ष भएका बामदेव गौतमलाई खतिवडाको ठाउँमा सरकारबाट सिफारिस गर्ने पार्टीले निर्णय गरेको पार्टी महासचिव विष्णु पौडेलले बताए ।

अव खतिवडाको अर्थमन्त्री पदनै धरापमा परेको छ । यही फागुन १९ गतेसम्म राष्ट्रियसभा सदस्य रहने खतिवडालाई पदावधि सकिएपछि विदा गर्ने तयारी छ । खतिवडाको ठाउँमा खतिवडाले अर्थतन्त्र ध्वस्त पारे भन्दै आएको बामदेव गौतमलाई उपप्रधान तथा अर्थमन्त्री बनाउने नेकपाको तयारी रहेको छ ।

चुनाव हारेका बामदेव गौतम अव पार्टी उपाध्यक्ष मात्र हैन सरकारको समेत बरिष्ठ उपप्रधान तथा अर्थमन्त्री बन्ने तयारी छ । अर्थमन्त्री युवराज खतिवडालाई सरकारले अमेरिकाको राजदुतमा नियुक्ती गर्ने तयारी गरेको छ ।

खतिवडालाई राष्ट्रिय सभा सदस्यको पदावधी सकिएको भोलिपल्टै गौतमलाई सिफारिस गर्ने र उपप्रधान तथा अर्थमन्त्रीमा नियुक्ती गरिने नेकपा स्रोतले बताएको छ ।

गभर्नरको कोर्ष चेन्ज
आगामी चैत्र ५ गते खाली हुने नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तीमा समेत कोर्ष चेन्ज हुनेछ । अर्थमन्त्री खतिवडाले गभर्नरको लागी च्यापेका निवर्तमान अर्थसचिव राजन खनाल अव लभगभ गभर्नरमा सिफारिस हुने संभावना कम छ । त्यस्तै खतिवडाका अर्का गभर्नरको लागी च्याप्ने संभावित उमेदवार पुर्व डेपुटी गभर्नर महाप्रसाद अधिकारीको पनि संभावना घट्दै गएको छ ।
गौतम राष्ट्रिय सभामा आएर अर्थमन्त्री बन्ने भएपछि गभर्नरको दौडमा हालका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटी, प्रचण्डका अर्का उमेदवार डा मिनबहादुर श्रेष्ठको संभावना बलियो बन्ने देखिन्छ ।

बाफिया धरापमा
हाल संसदमा छलफल भैरहेको बैंक तथा वित्तिय संस्था विधेयक अलमलमा पर्ने देखिएको छ । अर्थमन्त्री खतिवडाले राष्ट्र बैंकको स्वच्छताको लागी ल्याइएको विधेयकमा बफादर छलफलको क्रममा थिए । आफ्नो पद जाने भएपछि केही व्यापारी र बैंकरको जोडमा अव बाफिया पनि चेन्ज हुनेछ भने बैंकिङ क्षेत्रमा अझै संकट देखा पर्ने छ ।

आफ्नो पद नदोहोरिने छन्द पाएको खतिवडाले गभर्नर छनोट कमिटिनै नबनाई बसेका थिए । नयाँ आउने अर्थमन्त्रीलाई सहज बनाउन खतिवडाले गभर्नर सिफारिस कमिटिनै बनाएनन् । अव नयाँ आउने अर्थमन्त्रीलेनै कमिटि बनाएर सिफारिस गर्ने छ ।


प्रतिक्रिया दिनुहोस्