रवीन्द्र अधिकारीको शालिक अनावरण

काठमाडौं । पोखरामा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको शालिक अनावरण गरिएको छ ।
नेपाली राजनीतिमा लोकप्रिय युवा नेताको छवि बनाउन सफल अधिकारीको निधन भएको एक वर्षको पुण्यतिथिमा पोखरा – १८ मा रहेको जामुनबोटमा बन्दै गरेको शहीद पार्कमा शालिक अनावरण गरिएको हो ।
शालिकको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, आन्तरिक मामिला तथा योजना मन्त्री हरिबहादुर चुमान, स्व अधिकारीकी धर्मपत्नी विद्या भट्टराई, पोखरा महानगरपालिकाका मेयर मानबहादुर जीसी लगायतले अनावरण गर्नुभएको हो ।