चितवन पुगेर प्रचण्डले भने ‘खतिवडा ६ महिना अझै अर्थमन्त्रीʹ « Arthapath.com
१६ फाल्गुन २०७६, शुक्रबार

चितवन पुगेर प्रचण्डले भने ‘खतिवडा ६ महिना अझै अर्थमन्त्रीʹ



काठमाडौं । नेकपा उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने बुधबारको नेकपा सचिवालयको निर्णय कार्यन्वयन हुने पार्टीका अध्यक्ष प्रचण्डले बताएका छन । प्रचण्डले आज चितवन पुगेर नेकपा सचिवालयको निर्णय प्रधानमन्त्रीले मान्दिन भन्न नपाउने बताए ।

विहिबारको बागमती प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलामा मौन बसेका प्रचण्ड आफ्नो निर्वाचन क्षेत्र चितवन पुगेर बामदेव आफ्नो सारधी भएको बताएका छन । बुधबारदेखी पार्टी भित्र देखिएको अन्यौलताले छिट्टै निकास पाउने भन्दै प्रचण्डले भने सिचवालयले गरेको निर्णय मान्दिन भन्न प्रधानमन्त्रीले नमिल्ने बताए ।

खतिवडा अव ६ महिने अर्थमन्त्री
त्यस्तै पत्रकारको जिज्ञासामा प्रचण्डले राष्ट्रिय सभामा नभएपछि ६ महिना मन्त्रीमा रहन पाउने व्यवस्था भएकाले अर्थमन्त्री भने युवराज खतिवडा हाललाई निरन्तरता पाउने संकेत गरेका छन । उनले भने राष्ट्रिय सभामा नभएपनि ६ महिना मन्त्री बनाउन पाउने प्रधानमन्त्रीसंग अधिकार रहेको भन्दै खतिवडाको निरन्तरताको संकेत गरे ।


प्रतिक्रिया दिनुहोस्