मिश्रविरुद्ध बाँस्कोटाद्वारा अदालतमा मुद्दा दायर « Arthapath.com
१६ फाल्गुन २०७६, शुक्रबार

मिश्रविरुद्ध बाँस्कोटाद्वारा अदालतमा मुद्दा दायर



काठमाडौं । पूर्व सञ्चार तथा सूचना प्रविधी मन्त्री गोकुल बाँस्कोटाले आफू विरुद्ध झुट्टा लाञ्छना र गालिबेईज्जती गरिएको भन्दै जिल्ला अदालत काठमाडौंमा मुद्धा दर्ता गरेको छन । आफ्ना प्रतिनीधि मार्फत उनले मुद्धा दर्ता गराएका हुन ।

आफूविरुद्ध अनाहक रुपमा गलत प्रचार गरेको र मान मर्यादामाथी नै आँच आएकाले त्यसको आवश्यक कार्वाहीका लागि उनले अदालतमा उजुरी दिएका हुन ।

उनले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा कमिशनको डिल भएको भनिएको ‘अडियो टेप’ सार्वजनिक गर्ने विजय मिश्रविरुद्ध मुद्दा दायर गरेका हुन ।

मिश्रले नै गत साता बुधबार बाँस्कोटासँग वार्तालाप भएको अडियो टेप सार्वजनिक गरेका थिए । उक्त टेप सार्वजनिक भएको भोलिपल्टै अर्थात गत साता बिहीबार बाँस्कोटाले मन्त्री पदबाट राजीनामा दिएका थिए ।

https://artha.appharu.com/bisheshnews/2020/02/20/2242/


प्रतिक्रिया दिनुहोस्