सरकारले गर्यो २ सय ८४ विघा जमिन फिर्ता « Arthapath.com
१६ फाल्गुन २०७६, शुक्रबार

सरकारले गर्यो २ सय ८४ विघा जमिन फिर्ता



काठमाडौं । सरकारको आफ्नो नाममा रहेका मुलुकका विभिन्न स्थानका २ सय ८४ विघा जग्गा फिर्ता गरेको जनाएको छ । सरकारी जग्गालाई विभिन्न ब्यक्तिहरुले आफ्नो प्रयोजनमा प्रयोग गर्दै आएपनि अव सरकार मातहत ल्याइएको भुमि व्यावस्था, सहकारी तथा गरिवि निवारणमन्त्री पद्मा अर्यालले बताइन ।

विगतका सरकारले फिर्ता ल्याउन नसकेको सो जमिन अहिले सरकारी नाममा आएको मन्त्री अर्यालले बताइन । मन्त्रालयमा शुक्रबार पत्राकार सममेलन गर्दै मन्त्री अर्यालले २ सय ८४ विघा जमिन फिर्ता गरिसकेको बताईन । उनको २ बर्षको कार्यकालमा भएगरेका कामको वारेमा पत्रकार सम्मेलन गरि जानकारी दिएकी हुन ।

अझै देशका विभिन्न जिल्लाहरुमा ब्यक्तिहरुले विभिन्न समयमा सरकारी जग्गालाई आफ्नो बनाएका थिए । हालसम्म २ सय ८४ विघा जग्गा फिर्ता गर्न सफल भएको बताइन । अझै थुप्रै जग्गा ब्यक्तिको नाममा रहेको भन्दै मन्त्री अर्यालले सरकार अझै लागिरहेको बताइन ।

मन्त्री अर्यालले अझै भारतले नेपालको विभिन्न भुभागहरुलाई आफ्नो कव्जामा राखेको भन्दै नेपालले छिट्टै आफ्नो नक्सा सार्वजनिक गर्ने उनले बताईन । सरकारले आफ्नै पहलमा सगरमाथाको ९० प्रतिशत उचाई मापन गरिसकेको उनले बताईन ।


प्रतिक्रिया दिनुहोस्