मुख्यमन्त्री शेरधन राईलाई पति दाबी गर्दै अदालतमा मुद्दा « Arthapath.com
१६ फाल्गुन २०७६, शुक्रबार

मुख्यमन्त्री शेरधन राईलाई पति दाबी गर्दै अदालतमा मुद्दा



काठमाडौं । प्रदेश नम्बर १ का मुख्यमन्त्री तथा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता शेरधन राईलाई आफ्नो पति दाबी गर्दै एक महिलाले अदालतमा अंश मुद्दा दायर गरेकी छन ।

दोलखा घर भएकी खड्काले मुख्यमन्त्री राईविरुद्ध शुक्रबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेकी हुन । काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार आनन्द प्रसाद श्रेष्ठका अनुसार शुक्रबार दिउँसो बालिका खड्का (राई) नाम गरेकी महिलाले राईविरुद्ध मुद्दा दायर गरेकी हुन ।

खड्काले राईले आफूसँग विवाह गरेको र पछि घरेलु हिंसा गर्ने गरेको पनि उजुरीमा उल्लेख गरेकी छन । उनले मुलुकी फौजदारी संहिताको दफा २१५ बमोजिम आफूलाई अंशबण्डा गरिनुपर्ने मागदाबी गरेकी छन ।


प्रतिक्रिया दिनुहोस्