नेकपा अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार « Arthapath.com
१८ फाल्गुन २०७६, आईतवार

नेकपा अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार



काठमाडौं । बेला बेला ठूलै नेताहरु माथी विभिन्न झडप हुने गरेको छ । कहिले कालो भण्डा देखाएर विरोध गर्ने त कहिले विभिन्न बस्तुहरुको प्रयोग गर्ने गरेका छन ।

विभिन्न दलका ठूला ठूला नेताहरुमाथी कहिले झापड हान्ने त कहिले बुनै बस्तुको प्रयास गर्ने गरेका छन । त्यस्तै आज नेपाल कम्युनिस्ट पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहारको प्रयास भएको छ ।

अध्यक्ष प्रचण्ड राष्ट्रियसभागृहमा आयोजित भरतमोहन अधिकारीको स्मृति दिवस कार्यक्रममा भाषण गरिरहेका थिए । त्उहि मौका पारेर अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार भएको हो । तर जुत्ता मञ्चमा पुग्न नपाउँदै प्रहार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जुम्ला घर भएका २२ वर्षीय रतन तिरुवा रहेको काठमाडौं प्रहरीले जनाएको छ । उनलाई जुत्ता प्रहार गरिएको स्थान राष्ट्रिय सभा गृहबाटै काठमाडौं प्रहरीले नियन्त्रणमा लिएको हो ।


प्रतिक्रिया दिनुहोस्