भूमि सुधारमन्त्रीको अर्को छलाङ, देशभर नापी एप ल्याउने तयारी « Arthapath.com
२५ फाल्गुन २०७६, आईतवार

भूमि सुधारमन्त्रीको अर्को छलाङ, देशभर नापी एप ल्याउने तयारी



काठमाडौं । भुमी व्यवस्था, सहकारी एवम् गरीवि निवारणमन्त्री पद्यमा कुमारी अर्यालले आफ्नो मन्त्रालय अन्र्तगतका कामलाई तिव्रता दिएकी छिन । केही साताअघि हजारौं व्यक्तिकोमा पुगेका सरकारी जग्गा फिर्ता ल्याएकी मन्त्री अर्यालले अव देशभर नापीको काममा पारदर्शिता ल्याउन नापी एप सार्वजनिक गरेकी छिन ।

मन्त्री अर्यालले नापी कार्यालय कास्कीबाट नापी एप सार्वजनिक गरेर अव देशभर नापीलाई सहज बनाउने बताएकी छिन । अव देशभरका नापी कार्यालयहरुमा मोवाइल एपमार्फत काम गर्ने बताएकी छिन ।

मन्त्री अर्यालले नापी विभाग मार्फत देशभरका नापी कार्यालयहरुमा प्रविधियुक्त सेवा दिन लागेको बताएकी छिन । अव सरकरी सेवा प्रवाहमा प्रविधि मार्फत सहजता ल्याउने सरकारको तयारी रहेको मन्त्री अर्यालले बताएकी छिन ।

पहिलोपल्ट कास्कीबाट नापी मोवाइल एप सार्वजनिक गरेकी मन्त्री अर्यालले सेवामा छिटो छरितो र प्रविधिमा जोड्न चाहेको बताएकी हुन । अव नापीको लागी फेता लिएर हिँडनु नपर्ने भएको छ । यसले नापी कार्यलयहरुमा हुने भ्रष्टचारसमेत अन्त्य हुनेछ ।


प्रतिक्रिया दिनुहोस्