चीन, भारत र तेस्रो मुलुकबाट केही आउँदैन भन्ने मनोविज्ञान तोड्नु आवश्यक « Arthapath.com
२६ फाल्गुन २०७६, सोमबार

चीन, भारत र तेस्रो मुलुकबाट केही आउँदैन भन्ने मनोविज्ञान तोड्नु आवश्यक



काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले तेस्रो मुलुकबाट सामान आयात बन्द नभएको बताएका छन ।

कोरोना भाइरस (कोभिड-१९) का कारण चीन, भारत तथा तेस्रो मुलुकबाट आयात निर्यात ठप्प भएको समाचार सार्वजनिक भइरहेका बेला मन्त्री भट्टले यस्तो बताएका हुन । मन्त्री भट्टले चीन, भारत तथा तेस्रो मुलुकबाट केही आउँदैन भन्ने मनोविज्ञान हटाउन आवश्यक रहेको बताए ।

“चीन, भारत, तेस्रो मुलुकबाट केही आउँदैन भन्ने मनोविज्ञान तोड्नु आवश्यक छ । सामान आइरहेको छ तर केही सतर्कता अपनाइएको छ,” उनले भने । केहीदिन नाकामा सामान राख्नुपर्ने बाध्यता रहेको उनले बताए । मान्छेबाट मात्रै नभएर वस्तुबाट समेत कोरोना सर्ने सम्भावना रहेकाले नाकामा केही दिन सामान राख्नुपर्ने अवस्था रहेको उनको भनाइ छ ।

मन्त्री भट्टले तत्काल श्वेतपत्र जारी गर्नुपर्ने आवश्यकता नरहेको समेत बताए । संकटकालै घोषणा गर्नुपर्ने अवस्था भएपछि मात्रै श्वेतपत्र जारी हुने उनले बताए ।

मन्त्री भट्टले उपभोग्य सामानहरू माग बढ्दा केही मूल्य बढ्नु स्वभाविक भए पनि कालोबजारी हुन नदिने प्रतिबद्धतासमेत जनाए । बजारमा मागअनुसार उत्पादन हुने सामानहरू एक्कासि माग बढ्दा केही मूल्य बढ्नु स्वभाविक रहेको उनको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्