प्रधानमन्त्री ओली बुधबारसम्म डिस्चार्ज हुने « Arthapath.com
२६ फाल्गुन २०७६, सोमबार

प्रधानमन्त्री ओली बुधबारसम्म डिस्चार्ज हुने



काठमाडौं । मिर्गाैला प्रत्यारोपणपछि त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्यलाभ गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबारसम्म डिस्चार्ज हुने भएको छ ।

उनको स्वास्थमा सुधार आएकाले भोलि या पर्सिसम्म डिस्चार्ज गरिने उनको उपचारको नेतृत्व गरिरहेका त्रिवि शिक्षण अस्पतालका चिकित्सक प्रेम ज्ञवालीले बताए ।

प्रत्यारोपणपछि ओलीलाई संक्रमणबाट बचाउन चुनौती भएको चिकित्सकहरुले बताउँदै आएका थिए । तर, ओली बालुवाटार पुगेर पनि आफ्नो स्वास्थ्यको ख्याल गर्न सक्षम रहेको भन्दै उनलाई अस्पतालबाट डिस्चार्ज गर्न लागिएको हो ।


प्रतिक्रिया दिनुहोस्