कांग्रेस र राप्रपाका ४७ कार्यकर्ता नेकपामा प्रवेश « Arthapath.com
२६ फाल्गुन २०७६, सोमबार

कांग्रेस र राप्रपाका ४७ कार्यकर्ता नेकपामा प्रवेश



काटमाडौं । पोखरा–२४ का नेपाली कांग्रेस र राप्रपाका विभिन्न जिम्मेवारीमा रहेका ४७ जना कार्यकर्ता सो पार्टी परित्याग गरी नेकपामा प्रवेश गरेका हुन । नवप्रवेशीलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले, अध्यक्ष पाण्डे, प्रदेश कमिटी सचिव गोविन्द नेपाली, पोखरा महानगर प्रमुख मानबहादुर जिसी लगायतले माला र अबीर लगाएर पार्टी प्रवेश गराई स्वागत गरेका थिए । नेकपा पोखरा–२४ का अध्यक्ष मनोहर त्रिपाठीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

नेकपा पोखरा महानगरपालिका–२४ ले सोमवार आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा उनले स्वागत गरेका हुन । नेपाल कम्युनिस्ट पार्टी गण्डकी प्रदेश इन्चार्ज समेत रहेका मुख्यमन्त्री गुरुङले कम्युनिस्ट पार्टी देशकै सबैभन्दा बढी लोकतान्त्रिक पार्टी भएको बताउँदै कांग्रेस लगायतका अन्य राजनीतिक पार्टीले समेत कम्युनिस्ट पार्टीको सिको गर्नुपर्नेमा जोड दिए ।

नेकपा गण्डकी प्रदेश कमिटी अध्यक्ष एवं पूर्वमन्त्री हितराज पाण्डेले आवश्यकता, योग्यता र क्षमताका आधारमा कार्यकर्तालाई उचित जिम्मेवारी दिइने बताउँदै पार्टीलाई एकताबद्ध बनाउँदै सरकारले गरेको विकास निर्माणका कामको जनता समक्ष र्पुयाउन निर्देशन दिए ।


प्रतिक्रिया दिनुहोस्